समानुपातिक तर्फ कांग्रेसभन्दा झन्डै तिन गुणाले रास्वापा अगाडी, राप्रपालाई श्रम संस्कृतिले उछिन्यो
वि.सं.२०८२ फागुन २५ सोमवार १०:१२
shares

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल ८१ लाख ६४ हजार ९२३ मतगणना सम्पन्न गरेको छ। समानुपातिकतर्फ दुई तिहाइभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३९ लाख ३८ हजार ५५८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख २२ हजार ४६६ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १३ हजार ७९७ मत प्राप्त गरेका छन्।समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरू हुन बाँकी रहेको हो ।





































