सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला तथा बालबालिका मन्त्रालयको खारेजको चर्चापछि महिलाहरूको आपति

962
shares

अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज वा गाभ्ने चर्चाप्रति महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सञ्जालले आज विज्ञप्ति जारी गर्दै महिला आन्दोलनको कडा संघर्षबाट प्राप्त मन्त्रालय खारेज गर्ने र अन्यत्र गाभ्ने आत्मघाती प्रयास तुरुन्त रोक्न आग्रह गरेको छ । ५० प्रतिशत बढी महिलाको मतबाट सत्तामा पुग्ने दलहरुले यी सुरक्षात्मक संरचनालाई कमजोर बनाएमा आफूहरु टुलुटुलु हेरेर नबस्ने सञ्जालको ठहर छ । अन्यथा देशव्यापी रुपमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

‘अतः राज्यको संरचनात्मक परिवर्तनजस्तो संवेदनशील विषयमा निर्णय लिनुअघि सरोकारवाला पक्षहरु र महिला अधिकारीकर्मीहरुसँग अनिवार्य रुपमा व्यापक परामर्श र छलफल गरिनुपर्दछ । यदि फैलिरहेका समाचारहरु सत्य ठहरिएमा यसलाई महिला आन्दोलनले हासिल गरेका उपलब्धिहरुमाथिको गम्भीर प्रहार मान्दै यस्ता आत्मघाती निर्णयहरुविरुद्ध हामी देशव्यापी रुपमा कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports