सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानी प्रधानमन्त्रीले दिए प्रधानमन्त्री बालेन लाई बधाई

546
shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् ।

‘नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकतर्फी जितपछि यो पद सम्हाल्नुभएको छ,’ शरिफले भनेका छन् ।

पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च मूल्यांकनका साथ हेर्ने उनले बताएका छन् । ‘द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन सम्माननीयसँग नजिकबाट काम गर्न उत्सुक रहेको छ,’ शरिफले अगाडि लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports