जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसभित्रको विवादले उग्ररुप लिन सक्ने !

624
shares

 

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा नराम्रोसँग पराजित भएकै दलहरु मध्येका नेपाली कांग्रेस, नेकपा एमाले भित्र विवाद उत्पन्न भएको छ । कांग्रेसभित्रको विवाद अहिले सतहमै आएको छ । तत्कालिन सभापति शेरबहादुर देउवा पक्षले तत्कालिन महामन्त्री गगन थापाको नेतृत्वमा गत पुसमा विशेष महाधिवेशन गरेर थापा आफैँ सभापतिमा चुनिएपछि देउवा पक्षले त्यसलाई स्वीकार गर्न सकेको छैन । विशेष महाधिवेशनबाट थापा सभापतिमा चुनिएको र विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष अदालत गएकोमा अदालतले अहिले सम्म सो विषय नटुग्याई दिएको हुनाले कांग्रेस भित्रको विवाद बढ्दै गएको छ ।
देउवा पक्ष अदालतको निर्णयलाई हेरेर अघि बढ्ने पक्षमा रहेकोमा देउवा अहिले देश बाहिर रहेका र देउवाले कार्यवहाक दिएका उपसभापति पूर्ण बहादुर खड्काले कांग्रेसको आधिकारिक लेटरप्याड प्रयोग गरेको भन्दै कांग्रेसले खड्कालाई ७ दिने स्पष्टीकरण सोधपछि कांग्रेसभित्रको विवाद तत्काल समाधान हुन सक्ने सम्भावना न्यून रहेको छ ।
निर्वाचनमा देउवा पक्षका थोरैलाई टिकट दिइएको भएपनि उनीहरु मध्येका धेरै पराजित भएका थिए । रास्वपाले निर्वाचनमा झण्डै दुई तिहाई मत प्राप्त गरेर एकल सरकार निर्माण गरिसकेको अवस्थामा विपक्षी दलहरु एक भएर बालेन सरकारका काम कारबाहीलाई निगरानी गर्नुपर्नेमा आफैँ भित्रको विवादमा अल्झिनुले लोकतन्त्र नै कमजोर हुने र बालेन सरकार हावी हुन सक्ने सम्भावना समेत बढेर गएको छ ।
संसदमा उपस्थित भएका ६ दलमध्येको रास्वपाले सरकार बनाएको हुनाले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी सहित अन्य दलहरु मिलेर सकरारलाई कानुन भन्दा बाहिर जान नदिनुपर्ने अवस्थामा दलहरु भित्रै विवाद उत्पन्न हुनाले बालेन सरकार स्वच्छाचारीतिर अघि बढ्ने सम्भावना समेत देखिएको छ ।
आफूलाई मुलुककै एक्लो लोकतान्त्रिक पार्टी बताउँदै आएको कांग्रेसभित्र अहिले विभिन्न गुट र उपगुट रहेकाले गर्दा एउटाले अर्कोलाई विश्वास गर्न सकिरहेका छैनन् भने देउवा सभापति रहेको बेला पार्टीभित्रै प्रतिपक्षी जस्तो रहेका शेखर कोइराला समेत अहिले नत देउवा नत थापा पक्षमै रहन सके । उनले आफू दुवै पक्षमा नरहेको बताउँदै दुवै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका बताउँदै आएका छन् । तर त्यसो हुन सक्ने सम्भावना न्यून रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports