विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज आइतवार कस्तो रहला आजको मौसम : पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

156
shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू–भाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमको एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही र बाँकी हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports