सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

455
shares

 

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो ।

भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए । त्यस्तै, शाहले सार्कको पुनर्स्थापना गर्नका लागि अध्यक्ष ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उनले आशा व्यक्त गरे । जवाफमा ओलीले पनि राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझै उन्नत हुने विश्वास व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports