सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लाक्पा भन्छन्– ‘जसको नासो उसैलाई फिर्ता गरिदिएँ’

429
shares

 

काठमाडौ । राप्रपा नेपाल पार्टी कमल थापालाई जिम्मा लगाउने लाक्पा तामाङले सो पार्टी कमल थापाले नै बनाएको भएकाले उनलाई जिम्मा लगाएको बताएका छन् ।
‘‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार भने,‘‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।’
उनले आफू कमल थापाकै कार्यकर्ता भएकाले उनलाई पार्टी नेतृत्व दिनु कुनै ठूलो कुरा नभएको बताए । राप्रपा नेपाल आफूले दर्ता गर्दा कमल थापाको नैतिक समर्थन रहेको उनको भनाइ छ । ‘म त उहाँको कार्यकर्ता भइहाले नि’, उनले भने । तर कमल थापाकै निर्देशनमा भने आफूले पार्टी दर्ता नगरेको उनको जिकिर छ ।
‘उहाँले पार्टी दर्ता गर्न लगाउनु भएको त होइन । तर उहाँले सहयोग गरिरहनु भएको थियो । सहयोग आर्शिवाद त पाएकै हो । उहाँको नैतिक समर्थन मलाई थियो’, लाक्पाले भने ।
पछिल्लो समय राप्रपामा पार्टीमा समस्या आएपछि थापाले आफूलाई पार्टी निर्माणको अवसर दिन आग्रह गरेको तामाङको भनाइ छ । विभिन्न चरणमा थापासँग र छलफल भएपछि थापालाई नेतृत्व दिनेबारेमा शनिबार सहमति भएको उनको भनाइ छ । ‘विस्तृत रूपमा छलफल भएर शनिबार सहमति भयो’, उनले भने, ‘हिजो निर्णय भएर आज निर्वाचन आयोगमा निवेदन दिएको छौँ ।

मंगलबार राप्रपा परित्याग गरेका थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका हुन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको तामाङले रातोपाटीलाई जानकारी दिए ।
नेतृत्व कमल थापालाई छाडेका तामाङ हाल केन्द्रीय सदस्यमा सीमित भएका छन् भने पछि अध्यक्षले उचित जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको बताए । ‘मेरो भूमिका अब अध्यक्षज्यूले जे निर्धारण गर्नुहुन्छ त्यही हुनेछ, सबै अध्यक्षज्यूको हातमा गएको छ’, तामाङले भने ।
पार्टीको चुनाव चिन्हको विषयमा पछि टुङ्गो लाग्ने बताइएको छ । छिट्टै नवगठित पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट चुनाव चिन्हको टुङ्गो लगाइने बताइएको छ । तामाङको नेतृत्वमा राप्रपा नेपाल हुँदा साँढे चुनाव चिन्ह रहेको थियो । उनले नयाँ नेतृत्वसहितको पार्टी घोषणा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रिय सभागृहबाट घोषणा गर्ने तय भएको छ ।
आयोगमा बुझाइएको सूचीमा केन्द्रीय समितिमा थापा पक्षबाट राजीव पराजुली, उद्धव पौडेल, तेज कुरुङ्बाङ, सुनिता कुरुङबाङ तथा आफ्नो तर्फबाट आफूसहित आइतराम तामाङ, तेजबहादुर भुजेल, राजेश्वर श्रेष्ठलगायत रहेका छन् । हाल राप्रपामा रहेका केन्द्रीय सदस्य तथा पदाधिकारी नयाँ पार्टीको केन्द्रीय कमिटी सूचीमा छैनन् । यसैबीच निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राप्रपा नेपालको निवेदन प्राप्त भएको र यसबारे आयोगले निर्णय लिन बाँकी रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports