सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई तिहाई पुर्याएर आफुलाई हटाउन राणाले दिए दलहरूलाई चुनौती

442
shares

संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वोच्चमै छाडेर निवास फर्किनु भएका जवराले निकटस्थसँग कुरा गर्दै यस्तो चुनौती दिनुभएको हो ।

‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन,’ जवराको भनाई छ । संसदबाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियोग पारित हुँदैन ।

एमालेको आइतबारको सचिवालय बैठकले महाभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports