प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजार सामान्य अंकले बढेर २,७०० दशमलव ९८ को विन्दुमा

663
shares

आज शेयर बजार सामान्य अंक ० दशमलव ०८ अंकले बढेर २,७०० दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ वटा कम्पनीको शेयर मुल्य  मुल्य घटेको छ । आज बैंकिङ,ट्रेडिङ, निर्जीवन बीमा, उत्पादनमुलक र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ७५ करोड ४९ हजार ७७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ११ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ७२ प्रशिततका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ४ दशमलव २८ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports