लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १६:२६
shares

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।लुम्बिनीले यस सिजन खेलेको तीनवटै खेलमा जित हात पारेको छ ।पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ ।
जनकपुरका लागि आठौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए ।उन सकेनन् । लुम्बिनीका लागि बलिङमा डार्शी सर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे । जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए ।




































