आज सर्वोच्च अदालतमा फुलकोटॅको बैठक बस्दै, केही महत्वपूर्ण निणॅय हुन सक्ने
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:२४
shares

आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीश बीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सम्बन्धमा रहेका छ । ढकालले भने, ‘अहिलेको विषम परिस्थिति आएपछि न्यायापालिका सञ्चालन तथा न्यायालय शुद्धिकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनको कार्यन्वयनका सन्दर्भमा छलफल नै हो । त्यस बाहेक अन्य कुनै एजेण्डा छैन ।’

































