आज पनि बानेश्वरमा बिरोध प्रदर्शन, सत्ताधारी दलकै कार्यकर्ता बिरोधमा उत्रिए
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:२९
shares

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले सडकमा टायर बालेर एमसीसी विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ । गत बुधबार बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।





































