पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सामूहिक दाहसंस्कार गरियो

195
shares

सर्लाही । मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको सुन्दरपुरका १२ जनाको गएराति लखन्देही नदीमा सामूहिक दाहसंस्कार गरिएको छ ।

मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो ।आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको छ ।एकै गाउँका १२ जनाले एउटै दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर गाउँ मात्रै नभई सिंगो सर्लाही जिल्ला नै शोकमा डुबेको छ ।

मृतकका आफन्तजनको चित्कार, गाउँभरि छाएको सन्नाटा र शोकाकुल वातावरणले घटनाको पीडालाई थप हृदयविदारक बनाएको छ ।मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याइएको थियो भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए । उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ । उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports