एक सातामै दोस्रो पटक ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो
वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:२१
shares

ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबार देखि पुनः बढेको हो ।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार शुक्रबार बाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ संघका सचिव देवकुमार गिरीले भने ।
कुखराको कोल्ड स्टोर मूल्य बढे सँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघका अनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँ सम्म पुगेको छ । रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको सचिव गिरीले बताए ।







































