तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भन्सार एजेन्टको परीक्षा स्थगित

403
shares

शनिबारका लागि तय भएको भन्सार एजेन्टको परीक्षा नहुने भएको छ । उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेश अनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन भएको सूचना प्रकाशित गरेको हो । विभागले अर्को सूचना नभए सम्मका लागि परीक्षा स्थगित गरेको हो ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गते सम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो । भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्ष सँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ । २२ जेठ २०७८ मा पनि कोरोना संक्रमणका कारण देखाएर परीक्षा स्थगित गरिएको थियो । त्यसपछि फेरि २९ माघ २०७८ का लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो ।

१७ चैत २०७७ मा भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports