सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म दोषी, प्रधानमन्त्री निर्दोष वा अख्तियार

455
shares

काठमाडौ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा काण्डमा आफ्नो पार्टीका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारमाथि पूर्वाग्रही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेकोमा खेद प्रकट गरेको छ । कांग्रेसका अनुसार अख्तियारले पूर्वाग्रह र बद्नियतपूर्ण रुपमा गच्छदारमाथि मुद्दा दर्ता गरेको आरोप लगाउँदै अख्तियारको अभियोगपत्र विरोधाभाषपूर्ण भएको भन्दै त्यसको विरोध गरेको छ । कांग्रेसको सोमबार बसेको केन्द्रीय समितिको बैठकले गच्छदार विरुद्धको मुद्दाको राजनीतिक रुपमा प्रतिवाद गर्ने र कानुनी रुपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

अख्तियारले विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्ड अपनाएको छ । यसले प्रष्ट हुन्छ, आयोगले गच्छदारमाथि सरकारी प्रभाव र दबाबमा मुद्दा दायर गरेको कांग्रेसले ठहर गरेको छ । त्यसैले यस्तो प्रतिशोधपूर्ण व्यवहारले राजनीतिक रुपले प्रतिवादन गर्ने र कानुनी रुपमा सम्मान गर्दै गच्छदार निर्दोष सावित हुनुहुनेछ भन्नेमा कांग्रेसले विश्वास लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

कांग्रेसको बैठकमा गच्छदारले आफूले प्रधानमन्त्रीकै निर्देशनमा प्रस्ताव लगेको बताउँदै तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले आफूलाई प्रस्ताव पेश गर्न लिखित निर्देशन दिएको जानकारी केन्द्रीय समितिको बैठकमा दिएका थिए । प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव मैले लगेको हँु तर अहिले किन मलाई मात्र मुद्दा लगाइयो ? किन माधव नेपाललाई लागेन भन्दै त्यसैले प्रष्ट हुन्छ सरकारले कांग्रेसलाई फसाउनका लागि योजनावद्ध ढँगले लागेको छ, मैले कुनै गल्ती नगरेको उनको भनाई रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासलाई व्यवस्थ्ति बनाउन प्रधानमन्त्री नेपालले मलाई लिखित निर्देशन दिनुभएको थियो । गुरुयोजना बनाउन विभिन्न मन्त्रालयका सचिवहरुको समिति मैले बनाएको थिएँ, त्यही समितिले सिफारिस गरेको आधारमा प्रस्ताव मैले प्रधानमन्त्रीलाई बुझाएको हुँ त्यो भन्दा अरु केही मैले गरेको छैन भन्दै आफूलाई फसाउन सरकार लागि परेको बताउँदै माधव नेपाल र बाबुराम भट्टराईलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने जिकिर उनले केन्द्रीय समितिको बैठकमा गरेका थिए । मन्त्रिपरिषद्ले निर्णय गर्ने अनि म दोषी हुने प्रधानमन्त्री निर्दोष भन्दै उनले आक्रोश समेत पोखेको एक केन्द्रीय समितिका सदस्यले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports