गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीलाई कमजोर पार्ने षड्यन्त्रमा गौतम

559
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा पुग्नका लागि राजी भएका छन् । नेकपाले गत माघ ९ गते राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउन खोज्दा संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने अवस्थामा पार्टी पुगेपछि मात्र राष्ट्रियसभाको सदस्य बन्ने उद्घोष गरेका थिए । त्यसबेला पार्टी नेतृत्वले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने बताएपछि उनी राष्ट्रियसभाको सदस्य नबन्ने भन्दै उम्मेदवार हुन चाहेका थिएनन् । केही महिना पहिला उनैको निवासमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको गोप्य भेला भएको थियो । त्यही भेलाले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा तत्कालिन माओवादी पक्षका नेतालाई सभामुख बनाउने निर्णय प्रधानमन्त्री ओलीलाई थाहै नदिई भएको थियो । त्यही निर्णय अनुसार प्रतिनिधि सभाको सभामुखमा तत्कालिन माओवादीका नेता अग्नि सापकोटालाई सभामुख बनाइएको छ ।

पछिल्लो समयमा नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् । ओली अल्पमतमै परेका बेला प्रधानमन्त्रीका अति विश्वासपात्र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद सम्बन्धी कमिसन विवादमा मुछिएर राजिनामा दिन बाध्य भएका बेला उपाध्यक्ष गौतमले पार्टीको सचिवालय बैठकमै आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने कुरा कहाँ पुग्यो ? भनेर प्रश्न उठाएपछि अध्यक्षद्वय गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सहमत भएका र अनुकूल समयमा संविधान संशोधन गर्ने समहमतिमा पुगेको सुत्रले दाबी गरेको छ । अहिले केपी ओली सरकार विवादको घेरामा परिरहेको समयमा त्यही समयको सदुपयोग गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सल्लाहमै पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले समेत गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउनुपर्नेमा सहमति जनाएका छन् ।

गौतमलाई राष्ट्रियसभाको सदस्य बनाइएता पनि उनी मन्त्री बन्न संविधानले नदिने भएकाले संविधान संशोधन नगरी प्रधानमन्त्री होइन मन्त्री समेत बन्न नपाउने भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा हारेका व्यक्ति त्यो प्रतिनिधिसभाको कार्यकालभरी मन्त्री बन्न अयोग्य हुने संविधानको धारा ७८ को उपधारा ४ मा उल्लेख गरिएको छ । पहिला राष्ट्रियसभाको सदस्यका लागि उम्मदवार बन्न अस्वीकार गरेका गौतमले अहिले किन आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् त्यो नै रहस्यको विषय बनेको छ । ओली नेतृत्वको सरकारलाई गिराएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कसरतकै लागि गौतम राष्ट्रियसभाको सदस्य बन्न चाहेको हुन सक्ने र दाहाल प्रधानमन्त्री भएपछि संविधान संशोधन गर्ने सहमति नेपाल, खनाल, गौतम र श्रेष्ठबीच भएको हुन सक्ने एक ओली पक्षीय नेताले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports