प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस पालि मांग्रेसलाई सबक सिकाउर्नु पदॅछ : जोशी

559
shares

तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफू सँग मिल्ने कुरा गरेको भन्दै उनीहरुलाई सबक सिकाउने चेतावनी दिएका छन् ।

कांग्रेसले अनुशासनको कारवाही गरेपछि जिल्लामा अलग्गै समूह बनाएर बसेका जोशीले माओवादी र नेकपा एस सँग मिल्ने तर आफूलाई जसरी भए पनि पर लखेट्ने राजनीतिका मूल्य तनहुँले चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले रामचन्द्र पौडेल समूहलाई मांग्रेस (माओवादी–कांग्रेसं)को संज्ञा दिँदै यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । पौडेल नेकपा एस र माओवादी सँग गठबन्धनको पक्षमा छन् ।

जोशीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,’ बाहिर चियापसल मा जोशी संग मिल्नु पर्छ भन्ने तनहूँका छद्मभेषी नेताहरुको अनुहार नांगिएको छ। पार्टी को सभापती जिल्ला आउँदै गर्दा तनहूँ काङ्ग्रेसको समस्या नभन्ने तर मैले बाहिर भने भन्दै हिड्ने हरु लाई यस पटक नराम्रो सबक सिकाउन पर्ने छ। यसपालि मांग्रेस ( माओबादी कांग्रेस) लाई होइन सच्चा कांग्रेस लाइ जिताउनु पर्ने भएको छ। समाजवादी र माओबादी संग मिल्ने तर जोशीलाई जसरी भए पनि पर लखेट्ने राजनीती को मूल्य तनहुँले चुकाउनु पर्ने छ।’

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports