kumari
stcnepal

हेल्लो अमेरिकाको लोकप्रियता

न्युयोर्क । जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानबाट न्युयोर्कबाट हालसम्म पन्ध्र एपिसोड ‘हेल्लो अमेरिका’ र एघार वटा विशेष गरेर छब्बिस एपिसोड ‘घुँयत्रो’ हाँस्यसिरियल आठ एपिसोट ‘चनमती’नाटक चौबिस वटा ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरु, केहि चलचित्र समेत रिलिज गरेर आफ्नो नियमित कार्यक्रमचलाई रहेकोछ । ज्साक्सनहाईट न्युयोर्कमा कार्यालय स्थापना गरिे बिभिन्न कार्यक्रमहरु जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानमार्फत प्रसारण गर्दै आईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।

निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सुहाङको प्रस्तुति, टोमा लामा सह निर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याक ग्राउन्ड सम्राट थापा, गायन राजेस पायल राई र मेनुका पौडेल, सल्लाहकार रविन्द्र खड्का रहनु भएको यो कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न गतिविधि प्रस्तुत गराउदै संसार भरका नेपालीहरु माझ एक आपसको सन्देश प्रवाह गर्ने गराउने समेत उदेश्य रहेको छ ।

कार्यक्रमलाई अझ प्रभावकारी, स्तरिय र रोचक बनाउदै लान हर सम्भव प्रयास भैरहेको यो कार्यक्रम सय भाग पुगेपछि विशेष कार्यक्रम आयोजना गरिने समेत जानकारी गराइएको छ । सय एपिसोड नजिकिदै गर्दायो विशेष अवसरमा विभिन्न क्षेत्रका विशेष व्यक्तित्वहरु र सेलिव्रेटिहरु समेतको उपस्थितिमा भव्य कार्यक्रम संगै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने निर्देशक सुब्बाले जानकारी दिएका छन् ।

footer