प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धन बारे कांग्रेसले भोली निर्णय गर्ने

676
shares

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने भएको छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ। ‘भोलि ३ बजेको बैठकमा हामी निर्णय गर्छौं। बोल्ने क्रम आज समाप्त भएको छ,’ उनले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्ने लगायत विषयमा भोलि निर्णयमा पुगिन्छ।’

गत शुक्रबार देखि कांग्रेसले केन्द्रीय समिति सुरू गरेको थियो। बैठकमा गाउँ गएका नेताहरूले पार्टीको अवस्था बारे विवरण पेश गरेका थिए। कतिपयले गठबन्धनका पक्षमा त कतिले एक्लै चुनाव जितिने विवरण पेश गरेका छन्। प्रवक्ता महतका अनुसार विशिष्ट परिस्थितिमा गठबन्धनको सरकार बनेको बताएका छन्। केन्द्रीय समितिमा गठबन्धनलाई कायमै राख्ने कुरा बताएको उनले जानकारी दिए।

‘तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूले बताउनुभयो,’ उनले भने, ‘एक्लै पार्टी गएर परीक्षणमा राख्नुपर्छ भन्ने मत पनि आएका छन्।’ कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने निर्क्यौल गर्ने बारे सैद्धान्तिक निर्णय केन्द्रीय समिति बाट आउने उनले बताए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports