सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुख र अध्यक्षबीचको द्वन्द्वको मारमा संसद

507
shares

काठमाडौ । मुलुक यतिबेला कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त भएको छ । प्राय सबै क्षेत्रमा यसको असर परेको छ । विकास निर्माणका कार्यमा अवरोध सिर्जना भएको छ । ठीक त्यही बेला सत्ताधारी दलका नेताहरुकै कारण प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाबीचको द्वन्द्वले गर्दा संसदका काम कारबाही समेत अवरुद्ध हुन थालेका छन् । सभामुख सापकोटा सभामुख भएको छोटो समयमै राष्ट्रिय सभाका अध्यक्षलाई विश्वासमा लिन असफल भएका हुनाले संसदका काम कारबाहीमा अवरोध सिर्जना भएको हो ।

झण्डै दुईवर्ष अगाडि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । सभामुख अग्नि प्रसाद सापकोटा, पूर्व माओवादी केन्द्रको कोटाबाट सभामुख भएका हुन् भने तिमिल्सिना पूर्व नेकपा एमलोको कोटाबाट राष्ट्रिय सभाकाको अध्यक्ष बनेका हुन् । सभामुख र अध्यक्षको द्वन्द्वका कारण संसदीय काम कारबाहीलाइर्ए कसरी प्रभावित बनाउने भन्ने बारेमा सभामुख सापकोटाले अस्ति बुधबार संसदीय समितिका सभापतिहरुसँग बैठक डाकेका थिए । उक्त बैठकमा आफूँ उपस्थित हुन नसक्ने सूचना अध्यक्ष तिमिल्सिनाले सभामुख सापकोटालाई गराएपछि तत्कालिन नेकपा एमालेको कोटाबाट सभापति रहेका संसदीय समतिका सभापतिहरुले समेत सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएपछि बैठक नै रद्द गरिएको थियो । सभामुख सापकोटाले माओवादीको कोटाबाट संसद सचिवालयका सचिवको रुपमा रहेका व्यक्तिलाई एकलौटी ढँगले कावा महासचिवमा नियुक्त गर्ने निर्णय गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले बैठक नै बहिष्कार गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सभामुख एकलौटी ढँगले अघि बढ्न खोजेको भन्दै आपत्ति जनाउँदै आएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको भएपनि संसदीय काम कारबाहीमा भने पूर्ववत पार्टीका दुई कित्ता देखिएको छन् । विधेयकमाथिको छलफलमा समेत सांसदहरु दुई कित्तामा बाँडिने गरेका र पदाधिकारी नै फकर फरक दलका जस्तो भएर सोही अनुरुपको व्यवहार देखाईरहेका छन् ।

सापकोटा सभामुखमा निर्वाचित भएपछि संसदमा रहेका करार सेवामा रहेका कर्मचारीहरुलाई म्याद थप गर्नुपर्ने पक्षमा थिए ती कर्मचारीहरुलाई तत्कालिन माओवादी केन्द्रकी सदस्य ओनसरी घर्ती मगर सभामुख भएका बेला नियुक्त गरेकी थिइन् त्यही कारण सभामुख सापकोटा त्यस्ता कर्मचारीहरुको म्याद थप्नुपर्ने पक्षमा थिए भने अध्यक्ष तिमिल्सिना नयाँ कर्मचारी भर्ना गर्ने पक्षमा रहेका थिए । यहि विषयमा विवाद बढेको थियो, अन्त्यमा त्यस्ता कर्मचारीहरुको म्याद ३ महिना थपेर विवादलाई केही समयका लागि हल गरिएको भएपनि पछिल्लो समयमा फेरी विवाद बढेको छ । एउटै पार्टीका सभामुख र अध्यक्ष भएपनि उनीहरु समेत गुटगत राजनीतिमा लागेका हुनाले संसदीय काम कारबाही समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

पछिल्लो समयमा सभामुख र अध्यक्षबीचको झगडा भनेको अन्तर्राष्ट्रिय पार्लियामेन्ट युनियन (आइपीयू) को सम्मेलनमा को जाने भन्ने होड नै चलेको छ । अध्यक्ष तिमिल्सिनाले सभामुखसँग सम्मेलनमा आफू जाने प्रस्ताव राखेकोमा सभामुख सापकोटाले त्यस्तो प्रस्तावलाई ठाडै अस्वीकार गरी दिएका हुनाले विवाद बढेको हो । सभामुखमा निर्वार्चित भएर आएको छोटो समयमै आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै अध्यक्ष सभामुखसँग रुष्ट बनेका छन् । कोरोना भाइरसका कारण (आइपीयू) सम्मेलन हुने नहुने अनिश्चित रहेको छ । तर त्यही सम्मेलनमा भाग लिन जाने विषयमा सभामुख र अध्यक्षको बीच मनमुटाव बढेको छ ।

संसदको सेवा सुविधा ऐनमा संसदको महासचिवको लागि ४५ वर्ष उमेरहद तोकिएको भएपनि गोपालनाथ योगी ४५ नपुगेका हुनाले उनलाई कार्यवहाक मुद्दा सचिव बनाउन नहुने पक्षमा अध्यक्ष तिमिल्सिना रहेका भएपनि तत्कालिन माओवादीको कोटाबाट योगी सचिवमा नियुक्त भएका हुनाले उनैलाई महासचिव बनाउन सभामुख सापकोटाले दबाब दिएका थिए । संसद सेवाबाट सचिव बनेका डा. भरतराज गौतमलाई महासचिव बनाउने पक्षमा तिमिल्सिना थिए । कार्यवहाक दिँदा अध्यक्षको परामर्शमा सभामुखबाट हुने उल्लेख भएपनि त्यसलाई सभामुखले लत्याउँदै एकलौटी निर्णय गर्न थालेको आरोप अध्यक्ष सापकोटामाथि लागेको छ । यसरी एउटै पार्टीका सभामुख र अध्यक्ष भएपनि उनीहरुबीच बैमनस्यता बढेको भएपनि पार्टी भने चुपचाप रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports