२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पल शाहले तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिए

689
shares

पोखरा । नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेश विरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेका उनले बताए । ‘पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ,’ सूचना अधिकारी आचार्यले भने ।

अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए । ‘अब यस विषयमा फेरि यहाँ बहस हुन्छ । त्यस पछि तनहुँको आदेश ठीक हो वा तारेखमा छोड्नुपर्ने हो, आदेश हुन्छ,’ उनले भने ।अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports