तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चले राससका अध्यक्ष अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दियो

572
shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामललाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिट माथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई २८ चैतमा छलफलमा बोलाएको छ ।

अन्तरिम आदेश छलफल बाट निर्णय नहुन्जेल सरकारको निर्णय कार्यान्वयन नगर्न र अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दिएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports