पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्था प्रति मधेश केन्द्रित दलको असन्तुष्टि

806
shares

काठमाडौं । स्थानीय चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्था प्रति मधेश केन्द्रित दलले असन्तुष्टि जनाएका छन् । निर्वाचन आचार संहितामा रहेको यो व्यवस्थालाई लिएर मधेश प्रदेशका दलका प्रतिनिधिले गुनासो गरेको पूर्वकानुन सचीव माधव पौडेलले बताए ।

निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो जानकारी दिएका हुन । ‘मधेस प्रदेशका राजनीतिक दलका प्रतिनिधिले बिदेशी नम्बर प्लेटको प्रयोगमा लगाइएको रोकमा पुनर्बिचारको माग गरेका छन्’, पौडेलले थपे, ‘एकातिर खर्चको सीमा कम र अर्कोतिर बिदेशी नम्बर प्लेट प्रयोग गर्न नपाउँदा अप्ठ्यारो हुने उहाँहरुको कुरा छ ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने उल्लेख छ जुन नेपाली नम्बर प्लेट हुनुपर्छ । सवारी साधन नचल्ने ठाउमा बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने भनिएको छ ।

निर्वाचन खर्चको सिमा २५ हजार देखि ७ लाख ५० हजार सम्म तोकिएको छ । पालिका सदस्यले बढीमा २५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउछ भने महा नगरपालिकाको मेयर तथा उममेयरले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा छ । देशका विभिन्न ठाउमा भएको निर्वाचन आचारसंहितामा सम्बन्धी छलफलमा निर्वाचन खर्चको सिमाबारे विवाद हुने गरेको भन्दै पौडेलले भने, ‘मलाई लाग्छ यो सिमा कम होइन ।’

निर्वाचन आयोगका सचीव गोकर्णमणि दवाडीले तोकिए भन्दा बढी खर्च गर्नेलाई अनुगमन समितिले सिफारिस गर्ने र सिफारिस अनुसार कारबाही हुने बताए । उनका अनुसार आचारसंहितामा उलंघन भएको जानकारी जो कोहीले पनि गर्न सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports