नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आदिवासी महासंघले बासस्थानको संरक्षण गर्न सरकार सँग माग गर्यो

429
shares

काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघले आदिवासी,जनजातिको बासस्थानको संरक्षण गर्न सरकार सँग माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकार सँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरु आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सुसूचित हुन पाउनुपर्ने बताए । उनले स्थानीय र प्रदेश सरकार बाट आदिवासी जनजातिका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेको प्रति समेत आपत्ति जनाए । उनले आदिवासी र जनजातिको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकार सँग माग गरे ।

त्यस्तै उनले आदिवासी जनजातिको उत्थान, सशक्तिकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रवर्द्धनको लागि विशेष कार्ययोजना ल्याइने जनाए । वरिष्ठ उपाध्यक्ष घर्तीले अल्पसंख्यक,लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजातिको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने पनि बताए । त्यस्तै कार्यक्रमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने महासंघको माग रहेको बताए । उनले सबैले सबैको अस्तित्व स्वीर्कानुपर्ने भन्दै सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष शेर्पाले भने, ‘जनजाति महासंघको माग के छ भने हामी सबै एउटा साझा फूलबारीको फूल हौँ । हामीले समान अवसर पाउनुपर्छ । समान मलजल पाउनुपर्छ । समान तरिकाले फुल्न पाउनुपर्छ भन्ने हो । सबैले सबैको अस्तित्व पनि स्वीकार्नुपर्छ । सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधार स्तम्भ निर्माण गर्नुपर्छ । म अब मेरो कार्यकालमा परिणाम मुखी काम ल्याउँछु ।’ अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा परिणाम मुखी काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports