प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जयप्रकाश थारु एमाले पर्साको अध्यक्षमा चयन

624
shares

वीरगञ्ज । नेकपा एमालेको पर्सा जिल्ला कमिटीका अध्यक्षमा जयप्रकाश थारु चयन भएका छन् । नेकपा एमाले पर्साको ८औं जिल्ला अधिवेशनले थारुको अध्यक्षतामा १३५ सदस्यीय कमिटीको नाम सार्वजनिक गरिएको हो ।

बन्द सत्रमा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेका थिए । पाँच जना पदाधिकारी मध्ये उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सञ्जीव मिश्र र प्रद्युम्न सेढाईं चयन भएका छन् । एमालेले यसअघि पुस २७ र २८ गते बन्द सत्र राखेको थियो । बन्द सत्रमा नेताहरु बीच कुटाकुट भएपछि स्थगित गरिएको थियो ।

विवाद समाधान गरी सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रभु हजारा र अरबिन्द सिंहले पाएका थिए । चार मध्ये तीन केन्द्रीय सदस्यले पेश गरेका पदाधिकारी र सदस्यहरुको मात्रै नाम जिल्ला कमिटीमा राखिएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्य एवं विवाद समाधान गर्न गठित समितिको सदस्य अरविन्द सिंह जिल्ला कमिटीको पदाधिकारी र सदस्यको नाम छनोट प्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports