प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गर्यो

910
shares

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकार सहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ । प्रवुद्ध समितिको संयोजकमा कलैयाका नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य छन् ।

केन्द्रीय सदस्य मदन अर्याल (प्रभात)का अनुसार कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरु पाका व्यक्तिहरु रहने प्रबुद्ध समितिले केन्द्रीय समितिको निर्णयलाई पनि भिटो प्रयोग गरेर रोकेर फिर्ता पठाइदिन सक्छ । त्यसलाई नसच्याइकन फेरि ल्याइए राष्ट्रिय भेला समेत बोलाउन सक्ने अधिकार रहेको अर्यालले बताए । वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागीता सुनिश्चित गरिएको छ । यद्यपि केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी छ । सचिवालय गठन र एक जना प्रवक्ता चयन गर्न पनि बाँकी छ । केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहन्छन् । केन्द्रीय समितिले पूर्णता पाए पछि सचिवालय गठन हुने एक नेताले बताए ।

यही चैत १७ गते देखि काठमाडौंमा राष्ट्रिय भेला सुरु भएको थियो । १८ गतेको बन्दसत्रमा आहुतिले राजनीतिक, जागृत रायमाझीले विधान, धनकुमारी सुनार आर्थिक प्रतिवेदन पेश गरेका थिए । मधेश प्रदेश संयोजक समेत रहेका केन्द्रीय सदस्य मदन अर्यालले समसामयिक प्रस्ताव समेत राखेका थिए । प्रस्तावहरुमा समूहगत छलफल पछि १९ गते पारित गरिएको थियो । भेलामा करिब चार सय प्रतिनिधिहरु सहभागी थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports