तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी सँग गठबन्धन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

507
shares

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्ति सँग गठबन्धनको संभावना नरहेको बताएका छन्। भरतपुरमा आज पत्रकारहरू सँग कुराकानी गर्दै उनले एमाले सँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमाले सँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए। ‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्ति सँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यस बाट प्रभावित नहुने बताए। उनले प्रचण्डको पार्टी कब्जाको मानसिकताका कारण पार्टी फुटेको दाबी गरेका थिए। पोखरेलले एमालेले स्थानीय तहको निर्वाचनका लागि कुनै पनि दल सँग गठबन्धन नगर्ने नीति लिएको बताए। ‘स्थानीय स्तरमा स्थानीय आवश्यकता अनुसार कतै तालमेल हुनसक्ला तर गठबन्धन गरेर जाने नीति पार्टीको छैन,’ उनले भने।

उनले पाँच दल मात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आएपनि प्रतिष्पर्धा गर्ने हैसियत नेकपा एमाले सँग भएको बताए। ‘पार्टीले गरेका र गर्ने कामको आधारमा जनताको विश्वास जित्ने हो,’ उनले भने, ‘गठबन्धन छ भनेर हामीलाई कुनै चिन्ता छैन।’ पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण भारत प्रति भक्तिभाव देखाउनमा सीमित बनेको दाबी गरे। ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीको हिसावले गरिएको भ्रमणमा उहाँले जसरी आफूलाई प्रस्तुत गर्नुपर्दथ्यो सक्नुभएन, चुच्चे नक्साको विषयमा कुरा पनि उठाइएन,’ उनले भने, ‘यो भ्रमणको उपलब्धी श्रीमती लिएर वनारस दर्शन गर्नु भन्दा बढी म देख्दिनँ। भएको बलियो पोजिसनलाई पनि कमजोर बनाएर फर्कनुभयो।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports