विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकामा राजनीतिक संकट, सबै मन्त्रीले दिए राजिनामा

689
shares

कोलोम्बो । दशकौँ यताकै सबै भन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनका बीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । मन्त्रिपरिषद्का २६ जना सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कट सँग जुधिरहेको छ । यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन् ।

श्रीलङ्काका शिक्षामन्त्रीले आइतबार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्कि एपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो । त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो । उनको कोलम्बो स्थित निवास बाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो ।

तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ । प्रदर्शनकारीले प्रहरी तिर ढुङ्गा हानेर प्रतिकार गरेका थिए । भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएको उल्लेख गर्दै बीबीसी नेपालीले समाचार प्रकाशित गरेको छ ।

श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमति बिना जानमा रोक लगाइएको छ । त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो । अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ । सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए । उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports