तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओहरुलाई ‘अर्जेन्ट’ भन्दै बोलायो

533
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएको छ । सोमबार दिउँसो राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागले कुनै पनि विषय उल्लेख नगरी अर्जेन्ट भन्दै बोलाएको हो ।

बालुवाटार स्थित राष्ट्र बैंकको नियमन विभागको हलमा सीइओहरुलाई ३ः४५ बजेका लागि बोलाइएको सीइओहरुले बताएका छन्  । ‘सुपरिभिजन विभाग बाट फोन र म्यासेज आएको थियो, सोमबरा अपरान्ह ३ः४५ बजे बालुवाटार स्थित नियमन विभागको हलमा बोलाइएको छ,’ एक बैंकका सीइओले भने, ‘के विषयमा छलफल गर्न भनेर विषय भने उल्लेख गरिएको छैन ।’


राष्ट्र बैंकका अनुसार विद्यमान विषम परिस्थितिमा कसरी अघि बढ्ने भनेर सीइओहरुसँग छलफल गर्नका लागि बोलाइएको हो । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव झन् गरिहिँदै गएको छ । निर्यात र आयातको सन्तुलन नमिल्दा अर्थतन्त्र झनै संकट तर्फ गइरहेको छ ।

समयमै सचेत नहुने हो भने श्रीलंकाले भोगेको नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति गंभीर बन्दै गएकाले अब कसरी अघिबढ्ने भन्ने विषयमा घनिभूत छलफल गर्न बोलाइएको हुनसक्छ,’ एक सीइओले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports