kumari
stcnepal

नेप्से परिसूचक १५ दशमलव ९४ अंकले ओरालो

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २,४९७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ३६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३४ करोड २९ लाख ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नविल बैंकको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

 

 

footer