२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक १५ दशमलव ९४ अंकले ओरालो

897
shares

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २,४९७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ३६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३४ करोड २९ लाख ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नविल बैंकको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports