प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापति र UNRC Mr. Richard Howard बीच भेटघाट

559
shares

 

 

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र United Nations Resident Coordinator (UNRC) Mr. Richard Howard बीच आज मिति २०७८ चैत्र २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको    थियो ।

उक्त अवसरमा Mr. Richard Howard ले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्‍याएका योगदानको प्रशंसा गर्नु भएको र श्री बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने UNMO, UNSO तालिमको अन्तराष्ट्रिय मान्यताको लागि Accreditation Process को लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

साथै, उहाँले कंगो मिशनमा अपरेशन “बाली” को दौरान, मिति २०७८/१२/२२ गते (तद्अनुसार 5th April, 2022) विद्रोहीको फायरबाट मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति हार्दिक संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई संयुक्त राष्ट्र संघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने विश्वास समेत दिलाउनु भएको  ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports