kumari
stcnepal

नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । यो साता लगातार शेयर बजार ओरालो लागेको छ । आज परिसूचक नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम भएको छ ।

आज होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेय। मुल्य घटेको छ । आज दिन भरिमा २२६ वटा कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज नविल बैंकको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 

 

footer