विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम

650
shares

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । यो साता लगातार शेयर बजार ओरालो लागेको छ । आज परिसूचक नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम भएको छ ।

आज होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेय। मुल्य घटेको छ । आज दिन भरिमा २२६ वटा कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज नविल बैंकको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports