आफ्नै कर्मचारी माथि कुटपिट गरे मन्त्री मनाङेले
वि.सं.२०७८ चैत २३ बुधवार १६:०५
shares

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी माथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझा माथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ ।
घटना मंगलबारको हो । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिट बारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटना लगत्तै जानकारी गराएका थिए ।
आफू हिजाे देखि नै सुरक्षा सम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटना बारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।
ओझले मन्त्री मनाङेले आफू माथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबार देखि नै बिदा बस्ने जानकारी गराएकाे सचिव अधिकारीले जानकारी दिए ।






































