सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका धेरै नेताहरुको राजनीति समाप्त हुने

442
shares

काठमाडौ । संघीय संसद र प्रदेशसभामा समेत प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको समय नजिकिँदै गर्दा कांग्रेसभित्रको समीकरणमा दलबदल हुन सक्ने सम्भावना बढेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा आउँदो महाधिवेशनबाट जसरी भएपनि पुन सभापतिमा विजयी हुने तारतम्य मिलाउन लागि परेका छन् भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला जसरी भएपनि देउवाबाट सभापति पद आफ्नो परिवारमा ल्याउने कसरतमा लागि परेका छन् ।

पार्टीका वरिष्ठ नेता पौडेललाई समेत पछिल्लो पटक ठुलो झट्का लागेको छ । कोइराला परिवार मध्येका एक सभापति पदमा उम्मेदवार हुने भएपछि पौडेललाई झट्का लागेको हो । पार्टीका उपसभापति विमलेन्द्र निधीले आउँदो महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने भएकाले आफूलाई सहयोग गर्न सभपाति देउवालाई सार्वजनिक रुपमै आग्रह गरिसकेका हुनाले देउवा समेत संकटमा परेका छन् । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजित भएको थियो ।

त्यही कारण कांग्रेसले संघीय संसद र प्रदेश सभाहरुमा समेत आफ्नो प्रभावकारी भूमिका निभाउन सकिरहेको छैन । त्यही कारणले गर्दा केपीओली नेतृत्वको सरकारले हरेक निर्णयहरु एकलौटी गरी मुलुकलाई कम्युनिष्टकरण गर्ने प्रयास गरिरहेको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा कांग्रेस कमजोर अवस्थामा पुगेको फाइदा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले उठाइरहेका बेला कांग्रेस भित्रको द्वन्द्वलाई समाप्त पारी एकजुट भएर कम्युनिष्टहरु विरुद्ध लड्नुपर्ने कांग्रेस आफ्नैभित्र लडिरहेको हुनाले कांग्रेस विघटनको मार्गतर्फ उन्मुख हुँदै गएको छ ।

विमलेन्द्र निधीले सभापति पदको उम्मेदवार हुने अडान कायम राखेको खण्डमा देउवाले कोइराला परिवारका उम्मेदवारलाई सहयोग र समर्थन गरी आफ्नी श्रीमती आरजु देउवालाई महामन्त्रीको उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको देखिन्छ । यदि त्यसो भएमा कोइराला परिवारको हातमा सभापति पद पुग्ने भएकाले गर्दा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापति हुने चाहनामा ठुलो तुषारापात पर्न सक्ने सम्भावना देखिएको छ । हेर्न बाँकी छ कांग्रेसभित्रको लडाईमा कसले बाजी मार्दछ र कसकसको राजनीति नै समाप्त हुन्छ त्यो १४ औँ महाधिवेशनले नै निर्धारण गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports