सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाभित्र असन्तोष बढ्दो

442
shares

काठमाडौ । तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीभित्र फेरी आन्तरिक द्वन्द्व देखिएको छ । तत्कालिन राजपाका अध्यक्ष मण्डलका सदस्यहरु पालै पालो अध्यक्ष हुने व्यवस्था गरिएको थियो । राजपामा त्यसबेला महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव अध्यक्ष मण्डलका सदस्य रहेका थिए ।

संघीय समाजवादी पार्टी र राजपा एकीकरण हुँदा तत्कालिन राजपाका अध्यक्ष मण्डलका सबै सदस्यहरुलाई वरिष्ठ नेता बनाउने सहमति भएको भपनि पछिल्लो समयमा महन्थ ठाकुरले राजेन्द्र महतोलाई मात्र वरिष्ठ नेता बनाएर वरियताक्रममा माथिल्लो स्थानमा राखेको हुनाले शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव असन्तुष्ट रहेका छन् । उनीहरु जनता समाजवादी पार्टीको बैठकमा समेत जान छाडेका छन् । उनीहरुका अनुसार महन्थ ठाकुरले उनीहरुलाई धोका दिएको आरोप उनीहरुले लगाउँदै आएका छन् । महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र महतोले भण्डारी, यादव, झा र राजकिशोर यादवलाई वरिष्ठ नेता बनाउन सकारात्मक नभएपछि जसपा भित्रको विवाद बाहिर आएको हो ।

पछिल्लो समयमा यी चार भाइका कारण ठाकुरलाई समेत तनाव बढेको छ । प्रदेश नं. २ को सरकार परिवर्तनका विषयमा कुराकानी गर्न बसेको बैठकमा महन्थ ठाकुर उपेन्द्र यादव र बाबुराम भट्टराईमात्र उपस्थित भएका थिए । पार्टी एकीकरण भएको छोटो समयमै पार्टीभित्र विवाद उपन्न भएको र पार्टीले आकार समेत नलिईसकेको अवस्थामा चार नेताले विद्रोह गर्न सक्ने भएकाले गर्दा पार्टीको भविष्यमाथि नै प्रश्न उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports