kumari
stcnepal

गणतन्त्रका लागि जनता कि जनताका लागि गणतन्त्र ?

काठमाडौ । सत्ताधारी दलको स्थायी समितिको बैठक गत आइतरबार सम्पन्न भएको छ । तर सो बैठकमा पार्टीको पहिलो नम्वरका अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागि भएका थिएनन् । प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएपनि उनले पार्टीको स्थायी समितिका सदस्यहरुलाई भावुक पत्र पठाएका थिए । सो बैठकमा पार्टीको दुवै अध्यक्ष केपी ओलीले मंसिर १३ गते सचिवालयमा दर्ता गरेको पत्र र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई विभिन्न संगीन आरोपहरु लगाउँदै कार्तिक २८ गते सचिवालयमा दर्ता गरिएको प्रस्ताव स्थायी समितिका सबै सदस्यहरुलाई वितरण गरिएको थियो ।

पार्टीका पहिलो अध्यक्ष ओली बैठकमा उपस्थित नभएपछि बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालल गरेका थिए । दुवै अध्यक्षका प्रस्तावहरु स्थायी कमिटीका सदस्यहरुलाई वितरण गरेपश्चात् अध्यक्ष दाहालले स्थायी समितिका सदस्यहरुलाई सम्बोधन गर्दै आफूलाई गणतन्त्र भन्दा ठुलो केही नभएको बताउँदा केही स्थायी समितिका सदस्यहरुले कानेखुसी गरेका थिए । अध्यक्ष दाहाललाई गणतन्त्र भन्दा ठुलो केही होइन भने अहिले पदको लागि किन यत्रो रडाको सम्म भन्न भ्याएका थिए । अध्यक्ष दाहाललाई गणतन्त्र नै ठुलो हो भने जनताको आवश्यकता किन प¥यो ? गणतन्त्र कस्को लागि जनताका लागि गणतन्त्र कि, गणतन्त्रका लागि जनता ? अध्यक्ष दाहालको उक्त भनाई सडकमा दखिएको नारा जुलुसप्रति संकेत थियो । दाहालका लागि गणतन्त्र नै ठुलो थियो भने किन उनी अहिले जसरी भएपनि पार्टीको नेतृत्व र सत्ता हत्याउन जानै छोडेर लागि परेका छन् । मुलुकमा गणतन्त्र स्थापना जालझेलबाट गरिएको प्रष्ट भएको छ । उनै दाहाललाई गणतन्त्र टिक्छ भन्ने विश्वास नभएकाले उनी गणतन्त्रलाई ठुलो भनिरहेको छन् । संविधानले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई अपरिवर्तनीय नभनेको हुनाले जनताले चाहेको खण्डमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जहिले सुकै पनि परिवर्तन हुन सक्छ ।

गणतन्त्रको फल त दाहाल–नेपालका परिवारले राम्ररी नै चाखेका भएपनि जनताको लागि भने कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । नाम परिवर्तन हुँदैमा मुलुकको विकास हुन सक्दैन, आखिरी २०६२÷६३ को आन्दोलनपछि जनताको जीवनस्तर खस्कँदै गएको छ । सिमित वर्ग दाहाल, नेपाल जस्तालाई गणतन्त्र फलिफाप भएपनि आम जनताले यसको फल खान नपाएका हुनाले नै अहिले जनता सडकमा आउन बाध्य भएका हुन् । दाहालको लागि गणतन्त्र नै सबैभन्दा ठुलो हो भने किन उनले गणतन्त्रपश्चात् राजनैतिक सन्यास लिएर बस्न सकेनन् त ? त्यसैले भन्न सकिन्छ उनी जसरी भएपनि सत्ताकै लागि मरिमेटेका छन् ।

footer