सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक टिकेले अर्को टिकेलाई हटाउन खोज्दै

455
shares

काठमाडौ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले पार्टीको चौथो मर्यादाक्रममा रहेका माधव नेपालको साथ लिएर पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट राजिनामा दिन दबाब दिईरहेका छन् । बाहिरी रुपमा देखाउनका लागि उनीहरुले विधि, विधान र पद्दतिलाई देखाएका भएपनि भित्री रुपमा उनीहरुको मनसया भनेको सत्ता र पार्टी नेतृत्व हत्याउनु नै प्रमुख रहेको छ । विधि, प्रक्रिया र पद्दतिको अलाप रटेर दुवै पदबाट राजिनामा गराउने उदेश्य सहित अघि बढेका दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले एउटा पदबाट राजिनामा दिएको खण्डमा त्यसलाई केही समयसम्म स्वीकार गर्ने र केही समयपछि फेरी अर्को पदबाट समेत राजिनामा दिनुपर्ने माग गर्ने रणनीतिलाई गोप्य बैठकबाट निर्णय लिएको सूत्रले दाबी गरेको छ ।

तत्कालिन नेकपा एमालेको महाधिवेशनबाट अध्यक्षमा चुनिएका र पार्टीको संसदीय दलले नेता चुनेर प्रधानमन्त्री बनेका ओलीले भने पार्टीको आउँदो महधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार नहुने र आउँदो प्रतिनिधिसभाको निर्वाचन पछि पनि सरकारको नेतृत्वमा नजाने उद्घोष गरेर त्यतिबेला सम्म दाहाल नेपाललाई कुर्न भने पनि दाहाल नेपाल पक्ष त्यसलाई स्वीकार गर्न तयार देखिएका छैनन् । प्रधानमन्त्रीलाई पार्टीको सचिवालयको बैठक, स्थायी कमिटीको बैठक र पार्टीका केन्द्रीय समितको बैठकले हटाउन सक्ने सम्वैधानिक व्यवस्था नरहेको अवस्थामा किन दाहाल–नेपाल पक्ष पार्टीको संसदी दलको बैठकबाट बहुमतको आधारमा ओलीलाई संसदीय दलको बैठकबाट हटाउन चाहिरहेका छैनन् भन्ने प्रश्न समेत उठेको छ । सविधानले पार्टीको संसदीय दललाई मात्र चिने भएपनि उनीहरु संसदीय दलको बैठकमा जान चाहिरहेका छैनन् । संसदीय दललाई छलेर दाहाल नेपाल पक्षले किन पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा किन प्रधानमन्त्री ओलीको राजिनामाको मुद्दा उठाईरहेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा दुवै अध्यक्षको सहमतिमा पार्टीका निर्णय हुने उल्लेख गरिएको छ । सहमति पत्रमा बहुमत र अल्पमतको आधारमा निर्णय हुने उल्लेख नगरिएको हुनाले अहिले बहुमत र अल्पमतको आधारमा निर्णय गरिएको खण्डमा त्यसले पार्टी विभाजनलाई नै बल पुग्न सक्छ । दुवै पार्टी एकीकरण हुँदा महाधिवशनमा मात्र बहुमत र अल्मपतको आधारमा निर्णय हुने उल्लेख गरिएको हुनाले अहिले बहुमत र अल्पमतको आधारमा निर्णय गरिएको खण्डमा त्यसले पार्टी विभानलाई नै बल पुग्न सक्छ । दुवै पार्टी एकीकरण हुँदा महाधिवेशनमा मात्र बहुमत र अल्पमतको आधारमा निर्णय हुनेछ भन्ने व्यवस्था नेकपाको विधानको दफा ६० मा उल्लेख गरिएको भएपनि अहिले दाहाल नेपाल मिलेर पार्टीको पहिलो नम्वरका अध्यक्ष एवं प्रधानमन्त्रीलाई पदबाट हटाउन खोज्नु ओलीमाथि तत्कालिन नेकपा एमालेमा हुँदा ओलीबाट चुनावमा हार खेपेका नेपालले प्रतिशोध लिन खोजेको प्रष्ट हुँदै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports