सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपामा नेतृत्व हस्तान्तरण होला ?

481
shares

काठमाडौ । नेपालको संविधान अनुसार कुनैपनि पार्टीको अध्यक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान देखिएको छैन । संविधान त प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेता बन्नुपर्ने प्रावधान रहेको छ । संसदीय दलको नेता बन्नका लागि ससदीय दलको बहुमतबाट नेता चुनिनुपर्ने सम्वैधानिक व्यवस्था रहेको छ । संविधानले व्यवस्था गरेनुसार अहिले नेपाल कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व व्यवस्थपन हुन सक्छ । पार्टीका दुई अध्यक्षहरु बिचमा उत्पन्न भएको विवादलाई पार्टीको संसदीय दलको समाधान दिन सक्ने भएपनि दुवै अध्यक्षहरु केपी अ‍ोली र पुष्पकमल दाहाल पार्टीको संसदीय दलले विवाद समाधान गर्न चाहिरहेका छैनन् । आखिरी किन त्यो नै रहस्यको विषय बनेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा पार्टीका दुवै अध्यक्षहरुको सहमतिमा पार्टीका निर्णयहरु सहमतिका आधारमा गरिने व्यवस्थ गरिनु नै गलत थियो । त्यस बेला पार्टीका निर्णयहरु बहुमत र अल्पमतका आधारमा नगरिने व्यवस्था नेकपाको विधानको धारा ६० मा गरिएको भएपनि पार्टीका प्रस्ताव पेश गर्दा दुवै अध्यक्षको सहमतिमा हुने भनिएपछि अहिले दुवै अध्यक्षले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउँदै सचिवाल हुँदै स्थायी कमिटीमा प्रस्ुतत गरिएका दुवै अध्यक्षका प्रस्तावहरु असम्वैधानिक रहेका छन् । दुई अध्यक्षहरु मिलेर निर्णय गर्दा सर्वसम्मत निर्णय हुने तर दुवै अध्यक्षहरु नमिलेको खण्डमा दुवै अध्यक्षहरुले आ आफ्नो तर्फबाट प्रस्ताव पेश गर्दा एकले अर्कोलाई प्रस्तावलाई समर्थन गर्न नसक्ने भएकाले नै अहिले सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको हो ।

पार्टीभित्रको यो विवाद भनेको तत्कालिन नेकपा एमालेभित्र रहेको विवादको जड हो । तत्कालिन नेकपा एमाले भित्र रहेका गुट र उपगुट र त्यहाँ गुट र उपगुट सञ्चालन गर्ने नेताहरुको सत्तालिप्सा नै मुख्य कारण रहेको छ । तत्कालिन नेकपा एमालेमा रहँदा पनि पार्टीका अध्यक्ष ओली र पार्टीका वरिष्ठ नेता माधव नेपालबीचमा राम्रो सम्बन्ध नभएको फाइदा अहिले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उठाउन खोजिरहेका छन् । दाहाल–नेपाल पक्षको स्वार्थ मिलेको छ । दाहालले ओली, नेपाल बीचको सम्बन्ध राम्रो नभएको नेपालको काँधमा बन्दुक राखेर ओलीमाथि प्रहार गर्न खोजिरहेका छन् भने नेपालले समेत मौका यहि हो ओलीलाई तह लगाउने भन्दै दाहाललाई पूर्ण समर्थन गर्दै दाहालकै काँधमा बन्दुक राखेर त्यो बन्दुक ओलीमा प्रहार गर्न खोजिरहेका छन् ।

तत्कालिन नेकपा एमालेभित्र रहेका गुट उपगुटभित्र पसेर दाहालले आफ्नो स्वार्थ पुरा गर्न खोजेका हुनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा भनेका थिए सचिवालय समस्या समाधान गर्न असफल रहेकाले अब सचिवालयमा रहेका हामी सबैले पार्टीको दोस्रो तहका नेताहरुलाई नेतृत्व हस्तान्तरण गरौँ भनेर । तर त्यसमा दाहाल–नेपाल पक्ष सहमत हुन सकेनन् त्यसैले प्रमाणित हुन्छ दाहाल–नेपालपक्ष जसरी भएपनि पार्टी र सत्ताको नेतृत्व आफैँ राख्न चाहान्छन् भनेर । यदि दोस्रो पुस्तालाई पार्टी नेतृत्व र सरकारको नेतृत्व हस्तान्तरण गर्ने ओलीको प्रस्तावलाई उनीहरुले स्वीकार गर्ने हो भने पनि समस्याको समाधान हुन सक्छ । पार्टीको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने पार्टीले निर्णय गरेको खण्डमा अहिलेको समस्याको समाधान हुन्छ । यदि होइन भने अब नेकपासँग विभाजन हुनुको अर्को विकल्प हुँदैन, छैन । एक पक्ष अर्को पक्षसँग झुक्न सक्ने अवस्था समेत रहँदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports