विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित

663
shares

काठमाडौं ।संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।

संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा जारी छ । एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ । पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखले नै निकास दिनुपर्ने माग राख्दै आएको छ ।

माधव नेपाल सहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाही सम्बन्धी सूचना टाास गर्नुपर्ने एमालेको माग छ । सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ । एमालेका यी दुवै माग पूरा नहुँदा एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

एमालेले हाल सम्म एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व स्वीकार गरेको छैन । एकीकृत समाजवादी पार्टीको अस्त्वि माथि प्रश्न उठाउँदै एमालेले उक्त पार्टीका सांसदलाई गैर सांसदको संज्ञा दिएर नारावाजी गर्दै आएको छ । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको ९ महिना भैसक्यो । पार्टीले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ।

एकीकृत समाजवादीका प्रतिनिधिलाई मतदाताले पनि कतिपय ठाउँमा जिताइसकेका छन् । तर, एमालेले पार्टीकै अस्तित्व अस्वीकार गर्दै संघीय संसदमा अवरोध गर्दै आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports