kumari
stcnepal

नेप्सेमा ८४.९० अंकको गिरावट

काठमाडौं ।स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।

निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे । सबैभन्दा धेरै वित्त र जलविद्युत् समूहका लगानीकर्ताले गुमाए ।

मंगलबार कुल २२१ कम्पनीको ३३ हजार ६१० वटा कारोबार भएको थियो । जसबाट ३५ लाख ९५ हजार ५६८ कित्ता बराबरको सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम १ अर्ब ६४ करोड ४९ लाख ५० हजार २३९ रुपैयाँमा सीमित भयो ।

 

footer