२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी एकीकरण नै मुलुकको लागि दुर्भाग्य

1.05K
shares

काठमाडौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अनौपचारिक रुपमा विभाजित भएको नेकपाका मार्चण्ड ग्रुप र ओली ग्रुप दुवै एक अर्काको खोइरो खन्ने काममा व्यस्त भएका छन् । एकले अर्कोलाई तल्लो स्तरका गाली गलौजमा उत्रिएका हुनाले उनीहरुका कार्यकर्ताहरु भने अन्यौलमा परेका छन् । दुवै दलले आफूहरुलाई कम्यनिष्ट पार्टी नै भएको बताउँदै आएपनि उनीहरुको व्यवहार हेर्दा उनीहरुलाई कम्युनिष्ट भन्न सकिने अवस्था देखिएको छैन ।

संविधानसभाले बनाएको संविधान पाँच वर्षमै असफल सावित भएको छ । संविधान निर्माण गर्दा भएका त्रुटीहरुकै कारण संविधान असफल भएको र त्यसको फाइदा आफुहरुलाई कम्युनिष्ट भन्नेहरुले नै उठाउन खोजिरहेका छन् । संविधान निर्माणको बेला जनताले दिएको सुझावहरुलाई वेवास्ता गरिएको थियो । जनताले उठाएका मागलाई भन्दा पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेरेर मुलुकको स्वार्थलाई नजरअन्दाज गरिएको हुनाले अहिले समस्या देखिएको हो ।

सत्ताधारी दल विभाजन हुनुको पछाडि अरु कसैको दोष नभएर सत्ताधारी दलकै दोष रहेको छ । पार्टीका दुई अध्यक्षहरुबीचको टकरवा र व्यक्तिगत स्वार्थले गर्दा नै प्रतिनिधिसभा विघटन भएको हो । प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्री ओली पार्टीका अध्यक्ष नै रहेका र प्रधानमन्त्री समेत रहेका थिए । प्रतिनिधिसभा विघटन हुनु अघिसम्म नेकपा विभाजित नभएको र प्रधानमन्त्रीका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव समेत दर्ता नभएको र उनलाई नेकपाको संसदीय दलको नेताबाट समेत नहटाइएकोले अल्पमतमा परेर प्रधानमन्त्रीले संसद विघटन गरे भन्नुमा कुनै तुक छैन ।

प्रचण्ड माधव नेपालले प्रधानमन्त्रीसँग सैद्धान्तिक मतभेद रहेको भए किन उनलाई संसदीय दलको नेताबाट हटाउन सकेनन् त ? पार्टीहरु विभाजनका लागि मतभेदको आवश्यकता पर्दछ । तर नेकपा विभाजनको लागि कुनै सैद्धान्तिक मतभेदको आवश्यकता परेन । व्यक्तिगत टकराव व्यक्तिगत स्वार्थले पार्टीलाई विभाजनको अवस्थामा पु¥याएको प्रष्ट भएको छ । व्यक्तिगत स्वार्थलाई हेरेर पार्टी एकीकरण हुनु नै मुलुकको लागि दुर्भाग्य थियो अहिले त्यसैको परिणाम जनताले भोग्नु परेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण नै अप्राकृतिक र स्वार्थका लागि भएको थियो । पार्टी एकीकरण हुँदा मुलुक र जनताको स्वार्थलाई भन्दा व्यक्तिको स्वार्थलाई ध्यानमा राखिएर पार्टी एकीकरण गरिएको थियो । त्यही कारण पार्टीको एकीकरणको कार्य नै समाप्त नभई पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि दुवै पक्षका नेता तथा कार्यकर्तालाई एकले अर्कोलाई पार्टीबाट निस्कासन गर्ने कार्यले तिव्रता पाएको छ भने ओली अध्यक्ष रहेको नेकपाले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षबाट मात्र हटाएको छ भने मार्चण्ड पक्षले ओलीलाई पार्टी अध्यक्षबाटै हटाएको छ त्यसैगरी ओली पक्षमा लागेका पार्टीका इन्चार्जहरुलाई हटाएर माचण्ड पक्षले आफ्नो पक्षका नेताहरुलाई इन्चार्ज बनाएका छन् । यसरी पार्टी औपचारिक विभाजन नै नभईसकेको अवस्थामा दुवै पक्ष आक्रामक भएर एक अर्काका विरुद्ध लाग्नु भन्दा बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा गएर आ आफ्नो हैसियत देखाउनु नै उचित हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports