kumari
stcnepal

डब्ल्युएचओको महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस गेब्रेयसस निर्वाचित

काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलन बाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भए । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसर बाट म आभारी छु’ निर्वाचित भएपछि उनले भनेका छन्, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरू सँग काम गर्न प्रतिबद्ध छु । स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

 

footer