विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तान सँग पर्वतारोहण लगायत हिमाली पर्यटन क्षेत्रमा सहकार्य गर्न सकिन्छ : राजदूत अधिकारी

546
shares

काठमाडौं ।पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले दुई देश बीच पर्वतारोहण लगायत हिमाली पर्यटनका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका छन् ।

सगरमाथा दिवसको अवसरमा मंगलबार पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अधिकारीले दुई देशमा विश्वका अग्ला सगरमाथा र के टू हिमालहरू रहेको र वर्ततारोहीहरूले आरोहण गरेर ख्याति कमाउने गरेको बताए ।

सन् १९५३, मे २९ मा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको सम्झनामा इस्लामावाद स्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राजदूत अधिकारीले गत १६ मेमा सगरमाथा आरोहण गरेका पाकिस्तानी आरोही अब्दुल जोशीलाई बधाई समेत दिएका थिए ।

अब्दुलको सगरमाथा आरोहणले धेरै युवा पाकिस्तानीहरूलाई पर्वतारोहण र साहसिक पर्यटनका लागि प्रेरित गर्ने तथा दई देशका नागरिक बीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे । राजदूत अधिकारीले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई उजागर गरेर समस्या समाधान लागि सामूहिक रूपमा प्रयत्न गर्नुपर्ने बताए । कार्यक्रममा पाकिस्तानी आरोही अब्दुलले आरोहणको अनुभव सुनाएका थिए । उनले ट्रेकिङ र पर्यटनका क्षेत्रमा नेपाल र पाकिस्तान बीच कयौं समानता रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports