विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सैनिक प्रवत्ताले भने एसपीपी बारे कुनै जानकारी छैन

676
shares

काठमाडौं ।अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे नेपाली सेनाले अनभिज्ञता जनाएको छ । एसपीपी सम्झौता सम्बन्धी कुनैपनि औपचारिक र अनौपचारीक मस्यौदा सेनालाई प्राप्त नभएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिल्वालले बताए । ‘अफिसियल अनअफिसियल यस किसिमको मस्यौदा सेनालाई प्राप्त भएको छैन’, उनको दाबी छ, ‘जसरी संचारमध्यममा आएको छ त्यो सर्वथा गलत हो ।’

नेपालको उच्च भूभागमा संयुक्त सैन्य अभ्यास, नेपाली सेनाका अधिकृतहरुका लागि संयुक्त राज्यमा फेलोसिप कार्यक्रम र अमेरिकी नेशनल गार्डका अधिकृतहरुलाई नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा फेलोसिप कार्यक्रम जस्ता विषय समेटिएको सम्झौता बारे सैनिक प्रवक्ताले थाहा नभएको दाबी गरे । उनले भने, ‘कुन स्रो तबाट कुन नियतले कसले यस बारे प्रचार गरेका हुन्, त्यो उनीहरुलाई नै थाहा होला ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports