kumari
stcnepal

आज थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १६ जना निको भएका छन् भने हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ ।यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer