kumari
stcnepal

भारतीय क्रिकेटर रोहित शर्मालाई कोरोना संक्रमण

काठमाडौं ।भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार र्‍यापिड एन्टिजेन टेस्ट गरिएको थियो, जसमा उनी पोजेटिभ देखिएका हुन् । रोहित शर्मा अहिले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को मेडिकल टीमको निगरानीमा रहेको बताइएको छ ।

बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टीम इन्डियाका कप्तान रोहित शर्मा शनिबार गरिएको र्यापिड एन्टिजेन टेस्ट (आरएटी) मा कोभिड–१९ पोजिटिभ देखिएको छ । उनी अहिले टोलीको होटेलमा आइसोलेसनमा छन् र उनको उपचार भइरहेको छ ।’

 

 

 

footer