प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधि सभाको बैठक बस्दै

676
shares

काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभा बाट भएको संशोधन माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूची समेत छ ।

यी दुबै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फ बाट प्रतिनिधि सभामा प्रस्तुत हुने छन् । त्यसअघि प्रधानमन्त्रीको तर्फ बाटै लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पेश हुने छ ।
यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीता मुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports