प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बागमती प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्दै

637
shares

मकवानपुर ।बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फ बाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेट माथि छलफल हुनेछ ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को तर्फ बाट सरकारले प्रस्तुत गरेको आवको बजेट माथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।

प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेट मध्ये चालु तर्फ १९ अर्ब दुई करोड, पूँजीगत तर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरण तर्फ आठ अर्ब र वित्तीय व्यवस्थापन तर्फ दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports