कांग्रेस पदाधिकारीको बैठक आज बस्दै, केही महत्वपूर्ण निर्णय हुन सक्ने
वि.सं.२०७९ असार २१ मंगलवार ०७:३४
shares

काठमाडौं नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलवार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीति लगायत विषयमा छलफल हुने छ । यस्तै बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
यस्तै स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न आगामी असार २७ गते कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ । कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनित हुन बाँकी छ ।





































